Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

खानेपानी तथा सरसफाइका क्षेत्रमा ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन

2021-05-29 06-05 | Hamro Biratnagar                  


A+ A A-

आउँदो आर्थिक वर्षका लागि खानेपानी तथा सरसफाइका क्षेत्रमा ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तीन वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाएर दैनिक ३४ करोड लिटर पानी काठमाण्डौ ल्याइने बजेटमा उल्लेख छ ।

यस्तै मेलम्चीको पानी थप डेढ लाख परिवारमा पुर्‍याउन काम गरिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय