Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

प्रदेश १ र २ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना

2021-05-30 09-05 | Hamro Biratnagar                  


A+ A A-

अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, सुदूरपश्चिम, प्रदेश १ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार दिउँसोपछि उपत्यकासहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ । प्रदेश १ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, आजराति पनि देशभर मौसम बद्ली रहने छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहेको मौसमविद्ले बताएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय