Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

१ सय ६५ केजी गाँजासहित सुनसरीबाट एक जना पक्राउ

2021-05-31 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी स्थित पुर्ब-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् ।

आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय