Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

गस्तीको बेला मदिरा चोरी गरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

2021-05-31 11-05 | Hamro Biratnagar                  


A+ A A-

सिरहा, १७ जेठ । सिरहामा नेपाल प्रहरीका असईसहित तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी असई नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका हुन् ।

उनीहरूमाथि गस्तीको क्रममा मदिरा पसलबाट मदिरा चोरी गरेर लगेको आरोप छ । गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए ।

पसल सञ्चालक भागेपछि पसल खाली रहेको अवस्थामा पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए । प्रहरीले मदिरा चोरेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीको आलोचना हुँदा उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम आजकै मितिबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


सम्बन्धित खबर