Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मोरङमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएपछि विराटनगरमा थप कडाई

2021-05-31 05-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएपछि विराटनगरमा थप कडाई गरिएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको हो ।

सडकमा सवारी साधनहरुले नियम उल्लंघन गरेको भन्दै प्रहरीले थप कडाइ गरेको हो । प्रहरीले नियम विपरीत र अतिआवश्यक बाहेकका सवारी साधन चलाउनेहरुलाई कारबाही गरि होल्ड गरिरहेको छ ।

प्रहरीले अत्यावश्यक कामका लागि भने आवतजावतमा सहजीकरण गरिदिएको छ । सोमबार विराटनगरका विभिन्न चोकमा प्रहरीले चेकजाँच गरिरहेको छ । प्रहरीले अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द गर्न अनुरोध गरेको छ ।


सम्बन्धित खबर