Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगर हस्पिटल चोकका दुई फार्मेसीमा औषधि व्यवस्था विभागको छापा

2021-05-31 06-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनग, १७ जेठ । औषधि व्यवस्था विभाग विराटनगरको टोलीले विराटनगर–९ अस्पताल चोकस्थित दुई फार्मेसीमा छापा मारेको छ । सोमबार अनुमगन टोलीले अस्पताल चोकस्थित टाइम्स फर्मा र रियाङ्शी मेडिकोमा छापा मारेको हो ।

टोलिले अर्कै व्यक्तिको लाइसेन्स रहेको फार्मेसी अर्कै व्यक्तिले सञ्चालन गरेको भेटिएपछि ती फार्मेसी बन्द गराएको छ ।बोर्ड नराखिएको एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली पुग्नुअघि नै पसल बन्द गरेर फरार भएका थिए ।

अस्पताल चोकदेखि दक्षिणतर्फ जाने सडकमा रहेको फार्मेसी सञ्चालक शंकर यादव फरार भएका हुन् । बोर्ड नरहेको फार्मेसीका सञ्चालकले कन्चनबारीमा रहेको हेल्थकेर फार्मेसीको बिल प्रयोग गर्दै आएको पाइएको विभागको विराटनगरस्थित कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए ।

औषधिका नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमनका लागि टोली पुग्दा यादव भागेका थिए । टाइम्स फार्मेसीसँगै रहेको जिग्री फार्मेसीबाट दर्ताविनाको सेनिटाइजर बरामद भएको छ । त्यस्तै सर्वसाधरणलाई महंगो शुल्कमा औषधी बिक्री गर्ने गरेको पनि पाइएको कट्टेलले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय