Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगरको पुष्पलाल चोकपूर्व रहेको सिंघीय खोलाको पुल जोखिममा

2021-05-31 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर । विराटनगर महानगरपालिका १९ र बुढीगंगा गाउँपालिका–१लाई जोड्ने पुष्पलाल चोकपूर्व सिंघीय खोलाको पुल जोखिममा परेको छ ।

लगातार केही दिनदेखि परेको वर्षाका कारण पुलको पश्चिम–दक्षिण पट्टिको भाग भत्किएको छ भने पुलको एकापट्टिको भाग धसिएको छ ।

विराटनगर १९ का एक स्थानीयका अनुसार पुलको मर्मतसम्भार नगरे वर्षायाममा भत्किनसक्ने सम्भावना रहेको छ । सम्बन्धित पक्षले तत्काल ध्यान नपुर्याए धनजनको समेत क्षती पुग्न सक्छ उनले भने ।

विराटनगरबाट सोही पुल हुँदै सयौं सवारी साधन तथा सर्वसाधरण आवत जावत गर्ने गर्दछन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय