Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगरमा निषेधाज्ञामा कडाईः ‘अन द स्पोट’ जरिवाना गर्न थालियो, दुई हजारदेखि दुई लाखसम्म जरिवाना

2021-05-31 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १७ जेठ । मोरङमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएपछि विराटनगरमा थप कडाई गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको हो । सडकमा सवारी साधनहरुले नियम उल्लंघन गरेको भन्दै प्रहरीले थप कडाइ गरेको हो ।

प्रहरीले नियम विपरीत र अत्यावश्यक बाहेकका सवारी साधन चलाउनेहरुलाई कडा कारवाही थालेको छ । प्रशासनले सोमबारदेखि विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई ठाउँको कारवाही गर्दै रुपैयाँ जरिवाना तिराउन थालेको छ । विराटनगरमा सोमबारदेखि निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकललाई २ हजार रुपैयाँका दरले जरिवाना तिराइएको छ ।

साग सब्जि र खाद्य सामाग्रीका लागि समय तोकिएको र उक्त समयबाहेक सो काममा हिँड्नेलाई अन द स्पोट कारवाही गर्दै जरिवाना तिराउन थालिएको हो । आजदेखि प्रहरीले विराटनगरमा माइकिङ गर्दे निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ ।

मर्निङ वाक, इभिनिङ वाकमा हिड्ने, साइकल चलाउने र पशल खोल्नेलाई समेत जरिवाना तिराउन थालिएको छ । त्यस्तै अत्यावश्यक कामबाहेक कसैलाई पनि निषेधाज्ञा उल्लंघन नगर्न र गरेको खण्डमा कडा कारवाही गरिले प्रशासनको चेतावनी छ । प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने आदेश दिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय