Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जिओ अग्युरो स्पेनिस क्लब बार्सिलोना जाने पक्का

2021-05-31 09-05 | Hamro Biratnagar                  


A+ A A-

म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जिओ अग्युरो स्पेनिस क्लब बार्सिलोना जाने पक्का भएको छ । अग्युरोले आज बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाबाट लियोनल मेस्सीले क्लब छाड्ने सम्भावना रहेपछि उसले अग्युरोलाई अनुबन्ध गरेको हो । ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।

अग्युरोले तीन सय ९० खेलमा दुई सय ६० गोलका साथ सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी हुन् । म्यानचेस्टर सिटीका लागि उनको अन्तिम खेलमा शनिवार च्याम्पियन्स लिगको चेल्सीसँग हारेको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय