Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

रिट निवेदक पक्षले भनेकै आधारमा इजलास छाड्दैनौँ : न्यायाधीशद्वय

2021-06-01 12-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १८ जेठ प्रतिनिधिसभा विघटनको विवादमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासमा बस्ने वा छोड्ने विषयमा स्वविकेकीय अधिकार दिएका थिए ।

केसी र श्रेष्ठले रिट निवेदकका पक्षले इजलास छोड्न भनेकै आधारमा आफूहरूले इजलास नछोड्ने प्रधानन्यायाधीशलाई जानकारी गराएका छन् ।

सुनुवाइ प्रारम्भ हुनेबित्तिकै नेकपाको फैसला हेरेका न्यायाधीश केसीले इजलासमा बस्न नमिल्ने अधिवक्ता गोविन्द (बन्दी) शर्माले प्रश्न उठाएका थिए ।

इजलास गठनको विवादमा न्यायाधीश केसीले अघिल्लो पटकको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा पनि सहभागी भएको र श्रेष्ठले नेकपा नाम विवादमा फैसला गरेको उल्लेख गर्दै उनीहरू इजलासमा बस्न नमिल्ने रिट निवेदकका कानुन व्यवसायीको तर्क छ । उनीहरूमाथि खासगरी वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टीकाराम भट्टराईले दुई न्यायाधीशमाथि प्रश्न उठाएका छन् ।


सम्बन्धित खबर