Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

रतुवामाईमा दश गजा नजिकै मकै बारीमा युवक शव फेला

2021-06-01 12-06 | Hamro Biratnagar                  


A+ A A-

रविन्द्र बराल/रंगेली, १८ जेठ । मोरङको रतुवामाई नगरपालिका–२ डोरीया स्थित राजबंशी चोक दश गजा नजिकै मकै बारीमा युवको शव फेला परेको छ ।

अन्दाजी २२/२३ बर्षको कालो बर्ण देखिने कालो भेष्ट, कालो सेतो मिसिएको हाफपाईन्ट लगाएको आँखामा हरियो कपडाको पट्टी बाधिएको घोप्टो अवस्थामा पुरुष मृत अवस्थामा युवकको शव फेला परेको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ ।

समाचार तयार पार्दासम्म शवको पहिचान खुल्न सकेको छैन । सो विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर