Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

उपेन्द्र र बाबुरामलाई पार्टीबाट निकाल्न जसपाको बैठक जारी

2021-06-01 02-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बसिरहेको छ । उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेपछि बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर समूहको बैठक बसिरहेको हो ।  बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने विषयमा छलफल भइरहेको छ ।

‘यादव र भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने विषयमा छलफल भइरहेको छ । संसदीय दल र पार्टीमा हाम्रो बहुमत छ,’ ती नेताले भने, ‘केहीबेरमा हाम्रो निर्णय आउँछ । ’

यसअघि जसपाको यादव समूहले मंगलबार अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादव समूहले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको पत्र पनि निर्वाचन आयोग बुझाएको छ ।


सम्बन्धित खबर