Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

इन्जीनियर हुसैनको सहयोगमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

2021-06-01 03-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १८ जेठ । सुनसरीको बर्जु गाउँपालिकामा इन्जिनयिर सद्दाम हुसैन अन्सारी (अर्फात खान) को सहयोगमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

स्थानीय युवाहरुको समेत सक्रियतामा शुक्रबारे प्रहरी चौकी, इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय सितागञ्जलाई ७ सय थान मास्क, २० लिटर सेनिटाइजर, ५ कार्टुन पानी र ५ कार्टुन चाउचाउ वितरण गरिएको हो ।

कोरोना महामारीको बेला आफ्नो स्वास्थ्यको जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षार्मीलाई सानो भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको अन्सारीले बताए । त्यस्तै, उनकै पहलमा बर्जुका अति विपन्न वर्गलाईसमेत मास्क, सेनिटाइजर, पानी र चाउचाउ वितरण गरिएको अन्सारीले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय