Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

सरकारको अर्काे सफलता : थारूहट संघर्ष समितिसँग ६ बुँदे सहमति

2021-06-01 03-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १८ जेठ । सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो ।

उक्त वार्ता टोलीमा सरकारका तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका छन् भने थारु समितिबाट रुकमिणी चौधरी, प्रमिलाल चौधरी, पद्मनारायण चोधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहनुभएको छ ।

सहमतिपत्रमा टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी, धनीराम चौधरीलगायतको मुद्दा फिर्ताका र रिहाईका लागि संविधान र कानून सम्मत पहल गर्ने, आन्दोलनका क्रममा महिला र असहायमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न छानिबनि गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय