Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

विराटनगर प्राइम राउन्ड टेबल १० द्वारा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग

2021-06-01 06-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिइरहेको समयमा अग्रपंतिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई विराटनगर प्राइम राउन्ड टेबल १० ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

विराटनगर प्राइम राउन्ड टेबल १० ले मंगलबार सशस्त्र प्रहरी र नेपाल आर्मीलाई ८ हजार पिस मास्क, ६८० पिस स्यानिटाइजर र ५ लिटरको ४ पिस जार वितरण गरेको हो ।

कोरोना महामारीको बेला आफ्नो स्वास्थ्यको जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षार्मीलाई सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको विराटनगर प्राइम राउन्ड टेबल १० का अध्यक्ष विकास गोयल र समिति सदस्य श्याम राठीले बताए ।


सम्बन्धित खबर