Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

चिनियाँ खोप २५ जेठदेखि ६०-६४ वर्ष उमेरकालाई लगाइने

2021-06-01 11-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १८ जेठ । २५ जेठदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने भएको छ ।

चीनले उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप लगाउन लागिएको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए । उनका अनुसार मंगलबारसम्म ९ लाख डोज खोप चीनबाट आएको छ । बाँकी एक लाख डोज बुधबार नेपाल आइपुग्ने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच भएको टेलिफोन वार्तापछि चीनले १० लाख डोज खोप उपलत्तध गराउने घोषणा गरेको थियो ।

यसअघि चीनले ८ लाख डोज खोप उपलब्ध गराएको थियो । योसँगै चीनले हालसम्म १८ लाख डोज खोप नेपाललाई सहयोग गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय