Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

2021-06-02 12-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १९ जेठ । फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

कोरोना रोकथाम र उपचारमा सहयोग गर्न फ्रान्स सरकारले नेपाललाई सहयोग स्वरुप मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री दिएको छ । ती सामग्रीहरू बुधबार नेपाल आइपुगेको छ ।

एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।


सम्बन्धित खबर