Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगरका बैंकमा अत्याधिक भीड लाग्दा कोरोना संक्रमणको जोखिमः सर्वसाधारण भन्छन्–बैंक र सपिङ मलमा कोरोना नसर्ने रहेछ ?

2021-06-02 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १९ जेठ । विराटनगरका बैंकहरुमा लागेको भीडका कारण कोरोना संक्रमणको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपनि बैंकहरुमा लाग्न थालेको भीडका कारण संक्रमण अझ फैलने जोखिम बढेको छ ।

प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दै सम्पूर्ण बजार पशल बन्द गराएको छ । तर, बैंकहरु खुल्ला भएर बाक्लो भीड लाग्न थालेपछि स्थानीय आक्रोशित बनेका छन् । ‘अहिले कोरोना संक्रमण बढ्ने जोखिम कायमै छ । बजार, पशल बन्द गरिएको छ यो एकदमै राम्रो कुरा हो ।’ एक स्थानीयले भने,‘बैंक, ठुला सपिङ मलहरुमा चाही कोरोना नसर्ने रहेछ ? किन यस्तो लापरवाही ?’

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाबीच विराटनगरका बैंक तथा बित्तीय संस्थामा भिड कायम रहेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले गत १७ गतेबाट २४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिप्रका मोरङका अनुसार बैंक तथा बित्तीय संस्थाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि खोल्न पाउने छन् ।

बुधबार बिहान १० बजेदेखि नै विराटनगरमा रहेको एनआइसी एसिया बैंकमा सर्वसाधारणहरुको भिड देखिएको छ । पैसा निकाल्नका लागि तातो घाममा सर्वसाधारणहरू बैंक परिसरमा लाइन लागेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय