Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा निर्घात कुटपिट, कार्वाहीको माग गर्दै प्रदर्शन

2021-06-02 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । ड्युटी सकेर घर जाँदै गरेका कोशी अस्पतालका सिनियर अहेव अशोक राजवंशीलाई प्रहरी प्रहरीले कुटपिट गरेको हो ।

राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा ड्युटीमा खटिएका प्रहरीले कुटपिट गरेका हुन् ।

कोशी अस्पतालमा ड्युटी सकेर गरेर घर जाँदै गर्दा प्रहरीले एक्कासी कुटपिट गरेको उनको भनाई छ । ‘ड्युटी सकेर घर जाँदै थिए, देवकोटा चौकमा पुगेपछि प्रहरीले रोक भन्नुभयो’ उनले भने, ‘म रोकिएपछि मलाई एक्कासी हातमा र तिघ्रामा भाटाले कुटन थाल्नुभयो ।’

स्वास्थ्यकर्मीको परिचयपत्र देखाउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनको भनाइ छ । कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोट लागेको छ ।

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने मोरङ प्रहरीले बताएको छ।

कार्वाहीको माग गर्दै प्रदर्शन

बुधबार स्वास्थ्यकर्मी कुटपिट भएको भन्दै स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । काम सकेर घर जाँदै गर्दा प्रहरीबाटै सहकर्मी कुटिएपछि स्वास्थ्यकर्मीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन् ।

यस्तो महामारीका समयमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक सङ्घ कोसीको अगुवाइमा कोसी अस्पतालमा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन् । कोरोना महामारीको बिषम परिस्थितिमा जोखिम मोलेर जनताको सेवामा तल्लिन स्वास्थ्यकर्मीमाथि सुरक्षाकर्मीबाट नै कुटपिट हुनु आपत्तीजनक रहेको भन्दै उनीहरुले दोषीमाथि कार्वाहीको मागसमेत गरेका छन् ।


सम्बन्धित खबर