Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

2021-06-02 02-06 | Hamro Biratnagar                  


A+ A A-

गोरखा : कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।

प्रताप अधिकारीको बिशेष पहलमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घले र संस्थाका अध्यक्ष डाक्टर अवन गौतमले सो सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।

सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए । सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए ।

उनका अनुसार अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा पुर्याइसकिएको छ।


सम्बन्धित खबर