Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

एमाले महासचिव पोखरेल र नेता भट्टराईबीच गोप्य वार्ता

2021-06-02 05-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ, १९ जेठ । पार्टीको विवाद समाधानका लागि एमालेका नेताहरुबीच अनौपचारिक छलफल सुरु भएको छ ।

यसै क्रममा वुधबार उपप्रधानमन्त्री एवम् पार्टीका महासचिव ईश्वर पोखरेल र नेपाल पक्षीय नेता योगेश भट्टराई बीच छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा पार्टी एकताका लागि गर्न सकिने विकल्पबारे छलफल भएको बताइएको छ । तर कुनै निष्कर्ष भने निस्किन सकेको छैन ।

यसअघि सोमबार राति ओली पक्षीय नेता र नेपाल पक्षीय नेताबीच छलफल भएको थियो । महासचिव पोखरेलले पनि पटक–पटक वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग भेट गरेका छन् ।

नेपाल पक्षीय नेता भीम रावलसँग समेत पोखरेलले छलफल गरेका बताइएको छ । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने अडान लिँदै आएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय