Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

राजपरिवारको सम्झनामा विराटनगरमा दीप प्रज्ज्वलन

2021-06-02 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ। वि.सं. २०५८ जेठ १९ गते राति तत्कालिन नारायणहिटी राज दरबारमा बिभत्स हत्याकाण्ड भएको थियो।

हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका क्रममा राजदरबारको ‘अति सुरक्षित’ स्थलका रुपमा मानिएको तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यहरुको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अहिलेसम्म पनि जनतासमक्ष आउन सकेको छैन।

दरबार हत्याकाण्डको सम्झनामा बुधबार बेलुका विराटनगरका युवाहरुले मेनरोड रामजानकी मन्दिर अगाडि दीप प्रज्ज्वलन गरेका छन् । दिप प्रज्ज्वलन कार्यकममा तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको फोटोमा माला लगाई राष्ट्रीय गीतका साथै नेपालको झण्डा फहराएर सम्मान गरिएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय