Close
Hamro Biratnagar Media Network
19 Jun 2021५ असार २०७८, शनिबार

‘मानव सहयोगी हातहरु’ द्वारा रतुवामाई नगर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

2021-06-02 09-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : 'मानव सहयोगी हातहरु' नामक संस्थाले रतुवामाई नगर अस्पताल झुर्कियालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष सुमन कालिकोटे, वरिष्ठ सल्लाहकार तेजलाल कर्ण र सचिव ताजिम अन्सारीको उपस्थितिमा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कोभिड अस्पतालसमेत रहेको नगर अस्पताल झुर्कियालाई बुधबार संस्थाले ६ सेट पिपिई, ५०० मास्क, १ कार्टुन सेनिटाइजर , १०० पिस ग्लोब्स र १ बक्स सर्जिकल क्याप्स प्रदान गरेको माओवादी केन्द्र रतुवामाईका इन्चार्जसमेत रहेका कालिकोटेले जानकारी दिए ।

विपन्न परिवारलाई राहत

संस्थाले आजै विराटनगर ८ का ५२ अतिविपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेको छ ।

बुधबार वडाभरिका विपन्न परिवारलाई चामल, दाल, नुन, खानेतेल र हात धुने साबुन वितरण गरिएको युवा नेता तथा समाजसेवी ताजिम अन्सारीले जानकारी दिए ।

 

 


सम्बन्धित खबर