Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

अण्डा उत्पादनमा १५ प्रतिशतले गिरावट, माग बढ्दो

2021-06-03 10-06 | Hamro Biratnagar                  


A+ A A-

अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ।

अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा १५ प्रतिशतले गिरावट हो । अण्डाको माग अनुसार उत्पादन नभएपछि भाउ बढेको छ । कुखुरालाई दिने दानाको मूल्य बढेकाले अण्डाको पनि भाउ बढेको सङ्घका महासचिव प्रविन केसीले बताउनुभयो ।

दानाको मूल्य बढेकाले अण्डाको भाउ बढे पनि किसानले भने फाइदा लिन सकेका छैनन् । नेपाल कुखुराजन्य पदार्थमा आत्मनिर्भर रहेको छ।


सम्बन्धित खबर