Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कर्सिया बजारमा आगलागी, ७० लाख बराबरको क्षति

2021-06-03 11-06 | Hamro Biratnagar                  


A+ A A-

जेष्ठ २०, रबिन्द्र बराल : मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

रंगेली वडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्ष अघिदेखि सन्चालन गर्दै आएको खाजा पसल र रंगेली २ मंङलवारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको हो।

कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योग समेत बन्द भएको समय बिधुत सर्ट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ ।

आगो फर्निचरबाट बिहान ९ बजे देखि सुरु भएको र २ घन्टा पछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कार्कीको होटमा रहेको ग्यास, फ्रिज, लगायत १० लाख बराबरको क्षेति भएको छ । फर्निचर उद्योगमा रहेको काठ ,फर्निचर , मोटर गरी ६० लाख बराबरको क्षेति भएको राजेन्द्र शर्माले बताए ।

रंगेली, कानेपोखरी र विराटनगरको दमकल तथा नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत स्थानीय हरुको सहयोगमाआगो नियन्त्रणमा लिइएको हो ।


सम्बन्धित खबर