Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

सँगै शिकार खेल्न गएका साथीको मृत्युपछि फरार रहेका ४ जना चारनाल बन्दुकसहित पक्राउ

2021-06-03 02-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङको केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएपछि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ ।

प्रहरीले केराबारी गाउँपालिका–३ का डिकबहादुर राई, बुद्धबिर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का विपन लिम्बुलाई लुकाई राखेको भरुवा बन्दुकसहित बुधबार पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा वैशाख ९ गते दिउँसो रुविन र गजेन्द्रलाई पक्राउ गरी ज्यानसम्वन्धी र हातहतियार खरखजाना कसुरमा अनुसन्धान गरिरहेको थियो । सोही अनुसन्धानका क्रममा डिकबहादुर राई, बुद्धबिर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का विपन लिम्बुलाई लुकाई राखेको भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुले बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरूवा बन्दुक २, ढुङ्गा माथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक १ र लेटाङ–१ स्थित जंगलको ठुलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा वन्दुक १ गरी जम्मा ४ थान भरुवा बन्दुक पनि बरामद गरेको जनाएको छ ।

वैशाख ८ गते हस्तकुमार राई, रुविन लिम्बु, गजेन्द्रबहादुर राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा सिकार खेल्न गएका थिए। उनीहरूमध्ये गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्तबहादुरको मृत्यु भएको थियो।

त्यसको भोलिपल्टै रुविन लिम्बु र गजेन्द्रबहादुर राई पक्राउ परे पनि अन्य व्यक्तिहरू फरार थिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय