Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगर महानगरपालिकाले पशुपालक किसानहरुलाई बोयर बोका बाँड्ने

2021-06-03 06-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २० जेठ :  विराटनगर महानगरपालिकाले बोयर बोका किनेर कृषकलाई बाँड्ने तयारी गरेको छ ।

विराटनगर महानगरपालिकाले बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत ५० प्रतिशत लागत साझेदारीमा बोयर बोका बाँड्नका लागि समुहहरुसँग निवेदन मागेको हो ।

महानगरपालिकाका आर्थिक विकास महाशाखाका अधिकृत दिपक पौडेलले एक सूचना प्रकाशन गर्दै बोयर बोका खरीद, गोठ सुधार तथा निर्माण, परवीवी नियन्त्रण, स्वास्थ्य, आहार र बिमाका लागि महानगरपालिकाभित्रका पशुपालक समुहसँग निवेदन माग गरिएको छ ।

महानगरले यसअघि बैशाख १० गते पहिलो पटक सूचना प्रकाशन गरिएकोमा कुनै पनि निवेदन नपरेको भन्दै महानगरपालिकाले पुनः जेठ १७ गते सोमबार एक साताको भ्याद राखेर दोस्रो पटक सूचना निकालेको हो ।

महानगरपालिकाले पाँच वटा समुहलाई बोयर बोका खरिदमा ५० प्रतिशत साझेदारी हुने गरी अनुदान दिने उक्त सूचनामा उल्लेख छ ।

महानगरले सो कार्यक्रमका लागि २४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरेको छ भने त्यति नै लगानी समुहहरुले गर्नुपर्ने शर्त राखिएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय