Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

विराटनगर एयरपोर्ट रोड होटल एसियाटिक अगाडी कारको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

2021-06-03 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २० जेठ । विराटनगर एयरपोर्ट रोडमा कारको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एयरपोर्ट मोडको होटल एसियाटिक अगाडी प्र ३-०१–०२२ च २१३९ नं. को कारले एक पैदल यात्रीलाई ठक्करदिँदा घटनास्थलमै मृत्यु भएको हो । विराटनगर विमानस्थलतर्फ गइरहेको कार अनियन्त्रीत भइ पैदल यात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनाका विषयमा थप बुझने कार्य भइरहेको हाम्रो विराटनगरलाई बताए ।

तस्वीर सौजन्यः शिवम मिश्रा ‘प्रशान्त’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय