Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

इन्जीनियर हुसेनको पहलमा विपन्नलाई राहत वितरण

2021-06-03 10-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २० जेठ । सुनसरीको बर्जु गाउँपालिकामा स्थानीय युवा इन्जीनियर सद्दाम हुसेन अन्सारी (अर्फात खान) को पहालमा अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

स्थनीय युवाहरुको समेत सकृयतामा विपन्न परिवारलाई राहत वितरण तथा कोरोना संक्रमणबाट बच्न जनचेतना जगाउँदै स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको हो ।

स्थानीय युवाहरुको समेत सक्रियतामा बर्जु गाउँपालिका वडा नं–४ र ५ स्थित ऋषिदेश टोलका विपन्न परिवारलाई राहत वितरण गरिएको इन्जीनियर अन्सारीले बताए ।

त्यस्तै विराटनगरदेखि देवाँगन्ज जाने बाटोमा आवतजावत गर्नेलाई समेत जम्मा ४०० सय थान मास्क र ८ लिटर सेनिटाइजर वितरण गरिएको उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय