Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

2021-06-04 01-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । बस्नेतले भने, 'पत्रकारितालाई मर्यादित बनाउन, आचारसंहिता कार्यान्वयनमा उत्पन्न भइरहेका समस्या समाधान गर्न, पत्रकारलाई अभिमुखीकरण गराउने काममा मेरो योगदान हुनेछ ।'


सम्बन्धित खबर