Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

रतुवामाईमा हुन थाल्यो अत्याधिक विद्युत् अवरुद्ध, सरोकारवालाबाट नै बेवास्ता

2021-06-04 11-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : रतुवामाईको दक्षिणी क्षेत्रमा अत्याधिक विद्युत् अवरुद्ध हुन थालेको छ । नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रले हेर्दै आएको रतुवामाईको दक्षिणी क्षेत्रमा अत्याधिक मात्रामा विद्युत् अवरुद्ध हुने गरेको छ ।

करिब १ महिनादेखि यस क्षेत्रमा अत्याधिक मात्रामा विद्युत् अवरुद्ध हुने गरेको स्थानीयले गुनासो गरेका छन् । रंगेली वितरण केन्द्रलाई विद्युत् अवरुद्ध भएको विषयमा पटक(पटक जानकारी गराउँदा पनि दैनिक अवरुद्ध हुन नछाडेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रले करिब एक महिनादेखि अघोषित लोडसेडिंग सुरु गरेको रतुवामाई -६ का स्थानीय रुपेश ढकालले बताए । ढकालका अनुसार विद्युत प्राधिकरणले विनासूचना विद्युत कटौती गर्दै आएको छ ।

'कहिलेकाहीँ त दिनमा २-४ घण्टा मात्र लाइन आउँछ,' हाम्रो विराटनगर सँग ढकालले भने, ' नगरपालिकाका जनप्रतिनिधि र प्राधिकरणलाई समस्या हलका लागि पटकपटक सम्पर्क गर्दा पनि हाम्रो समस्या ज्यूँका त्यूँ छ । यस विषयमा सरोकारवालाहरुले बेवास्ता गरिरहेका छन् ।'

बिद्युत कटौतीको समस्या हल का लागि रतुवामाई नगरपालिकाका प्रमुख र उपप्रमुखले पनि समस्या सामाधानका लागि कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

सामाजिक सञ्जालमा पनि विरोध !

करिब एक महिनादेखि लगातार विद्युत् अवरुद्ध हुन थालेपछि सो क्षेत्रका स्थानीयहरुले नगरपालिका र विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमा आफ्नो समस्या व्यक्त गर्न थालेका छन् । कतिले त सामाजिक सञ्जालमा अपशब्द नै प्रयोग गरेका छन् ।

समाजिक सञ्जालमा भेटिएका प्रायजसो पोष्टहरुमा नगरपालिकाले चासो नदिएको बताइएको छ ।

रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईलाई मेन्सन गर्दै रुपेश ढकाल लेख्छन् - "बिजुली हरदम ल्याउने ल्याकत राख्ने मेललाई हामी भोट गरौंला । स्थानीय निकाय रतुवामाईमा जसले विद्युतको विषय भित्रका समस्या सामधान गर्न सक्छन्, हाम्रो लागि त्यही हिरो हो ।"

सोही पोस्ट पढेर कमेन्टमा नारायण ताजपुरिया लेख्छन्- "यो सामान्य कार्य हो । ल्याकत र क्षमता नभएपछि त्यस्तै हो । अध्यारोमा बस्ने बानी बसालौ । आँपको रुख रोपेर स्याउको आश गर्नु बेकार हो ।"

सोही पोस्टमा नगरप्रमुखको बचाउ गर्दै विनोदजंग क्षेत्री कमेन्ट गर्छन- "समस्याको सवालमा साझा सवाल हुनुपर्छ म मान्छु तर मेयर साहेवले यो विषयमा कमजोरी गरेको भए हाम्रो उर्लाबारी प्रसारणलाई २४ घण्टा छ । कमजोरी रङ्गेली प्रसारण तथा वितरण शाखाको हो । तसर्थ यो महामारीमा मेयर ज्युको जनस्वास्थ्यको व्यस्तता बुझेर डाइरेक्ट वितरण शाखामा जान्न दबाब दिउ ।"


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय