Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

राउन्ड टेबलद्वारा तिनटोलिया समाज र वडा नं १० मा खाद्यान्न सामाग्री सहयोग

2021-06-04 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको निषेधाज्ञाले गर्दा भोकै बस्न बाध्य विराटनगर तिनटोलियाका बासिन्दालाई राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ ले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

शुक्रबार राउन्ड टेबलले तिनटोलीया समाज सेवा समिति मार्फत ८५ घरपरिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको हो ।

राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ ले ५० परिवारका लागि र म्याजिक चप्पलले ३५ परिवारलाई पुग्ने गरि जम्मा ८५ परिवारका लागि अत्यावशक खाद्यान्न तिनटोलीया समाजलाई उपलब्ध गराएको हो ।

विराटनगर राउन्ड टेबल १९ का अध्यक्ष कपिल अग्रवालको नेतृत्वमा तिनटोलीया समाजका अध्यक्ष डिगेन्द्र राउतलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रत्येक परिवारलाई दिईने खाद्यान्न सेटमा १० केजी चामल, १ केजि दाल,२ प्याकेट भुजा, २ केजी आलु , आधा लिटर तेल र १ केजी नुन रहेको छ ।

यस्तै विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ ले विराटनगर महानगरपालिकाको १० नम्बर वडाका १५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय