Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

अक्सिजन पर्याप्त उपलब्ध गराउन उच्च अदालत विराटनगरको आदेश

2021-06-04 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : उच्च अदालत विराटनगरले कोभिड १९ को दोस्रो लहरको संक्रमणको संक्रमित बिरामीहरूको चाप बढ्दै गएको बेला बिरामीको उपचारमा अत्यावश्यक रहेको अक्सिजन पर्याप्त उपलब्ध गराउन प्रदेश नम्बर १ का मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ ।

बिमल शाहले दिएको निवेदनमा शुक्रबार न्यायाधीश सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

संयुक्त इजलासले आदेशको जानकारी पाएको ठ दिन भित्र दैनिक अक्सिजनको उत्पादन, उपलब्धता, सिलिन्डरको अवस्था, खपत पारदर्शीरुपले स्पष्ट हुने गरी नागरिकलाई जानकारी पुग्नेगरीको सूचना प्रणाली स्थापना गर्न आदेश दिएको हो ।


सम्बन्धित खबर