Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

विराटनगर एयरपोर्ट रोड दुर्घटना अपडेटः सांसद कार्कीको छोरालाई बचाउन चलखेल, लाइसेन्स समेत नरहेको खुलासा

2021-06-04 07-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २१ जेठ । प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको छोरा रोबिन कार्कीले चलाएको कारको ठक्करबाट एक जना भारतीय नागरिक मृत्यु र अर्का एक जना मजदुर गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको छैन । विराटनगरस्थित एयरपोर्ट रोडमा बिहीबार राती प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट मजदुर भारतीय नागरिक ३५ वर्षीया मुकेश शर्माको मृत्यु भएको थियो ।अर्का मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

मृतक र घाइते विराटनगर–४ स्थित एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन् । कार चालक रोबिनसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको समेत बताइएको छ ।

दुर्घटना भएपछि रोबिन फरार छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । दुर्घटनास्थल एशियाटीक होटल र जगदम्बा स्टिल हार्डवेयरको बीचमा रहेका कारण प्रहरीले सिसी टिभी फुटेज र सबै कोटदेखि चालकको पहिचान गर्ने काम सुरु गरेको डिएसपी राईले बताए ।

प्रहरी कसैको दबाव र प्रभावमा नपरी सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ । स्रोतका अनुसार मजदुरीकै लागि नेपाल आएका मृतक भारतीय नागरिक मुकेश शर्माको शव पठाइसकिएको छ ।

उनको परिवारलाई शवसँग भारतीय रुपैयाँ ५० हजार क्षतिपूर्ति स्वरुप दिइएको स्रोतको दाबी छ । यसैबीच दुर्घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका संचारकर्मीलाई समेत प्रहरीले ‘आज यो समाचार नलेख्नु’ भन्दै फर्काइदिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय