Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

वरियता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ:त्रिपाठी

2021-06-04 10-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २१ जेठ । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताएका छन् ।

मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् । ‘वरियता नमिलेको कारण म आफै हटेको हुँ योबारे धेरै बोल्न चाहन्न्’ उनले भने ।

उनले आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट रोकिएको कोरोना भाइरसविरुद्धको खोप दुई साता भित्रै आइपुग्ने बताएका छन् । उनले सरकारबाट बिदा हुँदै गर्दा बाँकी खोप ल्याउने जिम्मेवारी पूरा गरेको बताए । ‘खरीद गरेको खोप पठाउन पहल गरिरहेको थिएँ, अबको २ हप्तामा पठाउने कुरा भएको छ’ त्रिपाठीले भने ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय