Close
Hamro Biratnagar Media Network
19 Jun 2021५ असार २०७८, शनिबार

प्रदेश १ मा ११३३ निको हुँदा, ५६२ संक्रमित थपिए

2021-06-05 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २२ जेठ । प्रदेश १ मा आज ११३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४८१ महिला र ६५२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४१ हजार ५ सय ३९ पुगेको छ ।

प्रदेश १ मा आज ५६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा ९५, झापामा १४१, धनकुटामा ४, भोजपुरमा दुई, तेह्रथुममा १९, उदयपुरमा १४, संखुवासभामा दुई, पाँचथरमा १, इलाममा दुई र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ६ सय ३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २६१ महिला र ३०१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबर