Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

इन्जीनियर अन्सारीले हस्तान्तर गरे प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री

2021-06-05 10-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २२ जेठ । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित अमडुवा प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्थानीय युवा इन्जीनियर अन्सारीको पहलमा प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

अन्सारि सहितका स्थानीय समाजसेवी युवाहरुले भर्खरै सरुवा भइ आएका प्रहरी चौकी अमडुवाका इन्चार्ज प्रहरी नायव निरिक्षकलाई स्वागत गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

त्यस्तै विराटनगर–देवागन्ज जाने बाटोमा आवतजावत गर्ने यात्रु र बटुवाहरुलाई पनि ८०० सय थान मास्क र १० लिटर स्यानिटाइजर समेत वितरण गरिएको इन्जीनियर अन्सारिले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय