Close
Hamro Biratnagar Media Network
19 Jun 2021५ असार २०७८, शनिबार

विराटनगर एयरपोट रोड दुर्घटना फलोअपः दुर्घटना गराएका सांसद विन्दीयाका छोरा रोविन पक्राउ

2021-06-06 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २३ जेठ । एक भारतीय मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुनेगरि भएको दुर्घटनामा संलग्न आरोपमा प्रहरीले सांसद विन्दीया कार्कीका छोरालाई पक्राउ गरेको छ । नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित आफ्नै घरदेखि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । पक्राउ परेका कार्कीलाई प्रहरीले अहिले मोरङ अदालतमा म्याद थप गर्न लगेको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गरिने भएको छ ।

गत बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीका छोरा रोविनले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

तर सांसद कार्कीले दुर्घटनामा आफ्नो छोराको संलग्नता नरहेको दावी गर्दै आएकी छिन् । उनले छोरालाई बचाउन दुर्घटना भएको कार आफ्नै रहेपनि सो कार कोरोना माहामारीमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएको दावी गरेकी थिइन् ।


सम्बन्धित खबर