Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

कोभिसिल्ड लगाएकालाई अस्ट्राजेनेकाकै अर्को खोप लगाइने

2021-06-06 10-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २३ जेठ । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने निर्णय गरेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो । कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले दोस्रो मात्रा पाएका छैनन् ।

सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स फ्यासिलिटी प्रतिबद्धताअनुसार खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएको जनाउँदै आइतबार जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको अस्ट्राजेनेकाको खोप लगाउने निर्णय भएको जनाएको छ । तर, उक्त खोप भने प्राप्त भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताए पनि उक्त अवधि कटिसकेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरलले यो खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने बताए । उनले खोपका लागि प्रतिक्षारत रहन अनुरोध पनि गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय