Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

युवा नेता अनिस आलमद्वारा विराटनगर–६ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

2021-06-07 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २३ जेठ । कोरोना महामारीमा विराटनगर माहानगरपालिका–६ को कुनै पनि घरमा खाद्यान्न संकट आउँदा अहिले सम्झिने एउटै नाम हो युवा नेता अनिस आलम र उनको टिम ।

उनी नेतृत्वको टिमले गतवर्षको लकडाउन देखिनै समस्यामा परेका ब्यक्ति लाई खाद्यान्न उपलब्ध गराउन निकै सक्रिय रुपमा लागि रहेको छ । उनी नेतृत्वको टिमले यो कोरोना संक्रमण को बेला अहिले दैनिक रुपमा ४० देखि ५० वटा घर परिवारलाई खाद्यान्न सामाग्री निशुल्क पुर्याउने काम गरि रहेका छन् ।

उनी संगै टिममा दानिस इराकी, मोहमद शलिम, लालबाबु शाहले नेतृत्वदायी भुमिका खेलिरहेका छ्न भने अन्य सम्पुर्ण सामाजिक एवम राजिनीतिक ब्यक्तिहरुले यो कार्यमा सहयोग गरि रहेका छन् ।

उक्त टिमले राहात प्याकेज मा १० केजि चामल, २ केजि दाल, १ केजि नुन, १ लिटर खाने तेल लगाएतको सामाग्री उपलब्ध गराउदै आइरहेको छ । खाद्यान्नको लागि मात्रै नभएर उनको टिमले कोरोना कहरमा थुप्रै समस्यामा परेका व्यक्तिलाई सहजीकरण गर्दै आएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय