Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

प्रदेश १ को आठौं तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदै

2021-06-07 10-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : प्रदेश १ को आठौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

सोमबारको बैठकमा संसदीय दलका नेताहरूले मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा प्रदेश आर्थिक कार्यविधि ऐन ९दोश्रो संशोधन० शंसोधन अध्यादेश पेश हुने कार्यसूची छ।

प्रदेश सरकारले पूर्वबजेट छलफललाई औपचारिकतामा सिमित गर्न अध्यादेशमार्फत ऐन शंशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संसदीय दलका नेता राजिव कोइरालाले बजेट अधिवेशनआह्वानमा ढिलाई गरि पूर्व बजेटलाई औपचारिकतामा सिमित गरेको बताए।

जनता समाजवादी पार्टीका दलका नेता जयराम यादवले कोरोना महामारीलाई देखाएर पूर्व बजेट छलफललाई औपचारिकतामा सिमित गर्न खोजेको बताए।

यसैबीच बजेट अधिवेशन शुरु हुनुपूर्व आइतबार प्रदेश सांसद, प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक, संसदीय पत्रकार, सांसदहरूका स्वकीय सचिवालयका कर्मचारीहरूको कोरोना परीक्षण गरिएको प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले जानकारी दिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय