Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

रौतहटको गरुडामा स्थानीय र प्रहरीबीच झडप, ७ प्रहरी घाइते

2021-06-07 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : रौतहटको गरुडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा परी डीएसपीसहित सात जना प्रहरी घाइते भएका छन् ।

रौतहटको गरुडा नगरपालिका- २ मा आइतबार साँझ उक्त झडप भएको हो । निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाएको पाइएपछि प्रहरीले बन्द गर्न भनेको थियो ।

त्यसपछि स्थानीयले आक्रमण गर्दा इलाका प्रहरी कार्यालयका डीएसपी द्वारिका घिमिरेसहित सात जना प्रहरी घाइते भएका हुन् । घिमिरेको रौतहटको ग्रान्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उनको करङको हड्डी भाँचिएको बताइएको छ ।

प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले बिहेमा बजाएको डिजे बाजा नबजाउन तथा ठूलो भीडभाड नगर्न भनेपछि झडप भएको बताइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय