Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

प्रदेश १ः प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन सुरु

2021-06-07 03-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २४ जेठ । प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको आठौँ अधिवेशन को पहिलो बैठक तथा बजेट अधिवेशन सुरु भएको हो । दुई बजेदेखि सुरु हुने भनिएपनि करिब आधा घण्टा ढिलोगरि सुरु भएको हो । सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको अधिवेशन आव्हान सम्बन्धी पत्र पढ्दै बैठक सरु गरेका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत सदनलाई जानकारी गराएपछि सभामुख भण्डारीले बोल्न चाहने सांसदहरुको नाम प्राप्त भएकाले बोल्न समय दिएका छन् । अहिले सांसदहरुले संसदमा सम्बोधन गरिरहेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय