Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

प्रदेश सरकारको कृयाकलापले हामीलाई जनतामा जान लाज लागिरहेको छः यादव

2021-06-07 04-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २४ जेठ । जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले महामारीमा सरकार हराएको टिप्पणी गरेका छन् ।

प्रदेशसभाको आठौ तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता यादवले महामारीमा सरकारले खासै काम गर्न नसकेको र कतै उपस्थिती नदेखिएको टिप्पणी गरेका हुन् । उनले सरकारले महामारीमा काम गर्न नसकेकाले आफुहरुलाई जनतामा जान लाज लागि रहेको कटाक्ष गरे ।

‘प्रदेश सरकार अहिलेसम्म हराएको थियो अब देखिन्छ की ? प्रदेश सरकारको कृषकलापले जनतामा जान लाज लागि रहेको छ । संघको मलामीमा सहभागि भइरहेको छ ।’ उनले भने,‘नसक्ने भए हात उठाए हुन्छ । हामी विकल्प पनि दिन तयार छौँ । सरकार यत्रो महामारीमा पनि देखिएन भने कहिले देखिने ?’

उनले सरकार अध्यादेश मार्फत अगाडी बढ््न खोजिरहेको आरोप लगाए । उनले प्रदेश सरकार संघिय सरकारको सिको गरिरहेको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय