Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

पूर्व बजेट छलफलको औचित्य सकिएकाले सहभागि हुन सक्दैनौँ : आङ्बो

2021-06-07 04-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २४ जेठ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले अध्यादेश मार्फत पूर्वबजेटको समयावधि छोट्याएकाले अब हुने पूर्व बजेट छलफलको औचित्य नहुने भएकाले आफ्नो दल बजेट नीति कार्यक्रममा सहभागि हुन नसक्ने बताएका छन् ।

सोमबार प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनमा सम्बोधन गर्दै नेता आङ्बोले पूर्वबजेटमाथि छलफल भइसकेपछि मात्र बजेट तयार हुने भएकाले १५ दिन अगावै छलफल हुनुपर्ने भएपनि अध्यादेश मार्फत समय छोट्याएकाले अब हुने छलफलको औचित्य नरहेकाले आफ्नो दल सहभागि नहुने बताए । ‘बजेटमाथीको छलफलको औचित्य सकिएको छ ।

समय भएपनि सरकारले गलत नियतले समय छोट्याएका छ । छलफल १५ दिन अगाडी हुनुपर्ने भएपनि समय हुँदा हुँदै शंशोधन गरेर ५ दिन बनाएको छ । अबको छलफलबाट प्राप्त सुझाव अनुसार बजेट आउँदैन ।’ उनले भने,सुझावका आधारमा बजेट तयार हुने हो । छलफल गर्ने मुख्य सदनमा हो । सुझावको मर्म बजेटले सम्बोधन गर्न नसक्ने भएकाले हामी छलफलमा सहभागि हुन सक्दैनौँ ।’

उनले मुख्यमन्त्री शेरधन राई प्रधानमन्त्रीकै सिको गर्दै त्यसैलाई अनुसरण गर्दै हिँडेको आरोप लगाए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय