Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

नियम उल्लंघन गरेको आरोपमा भाटभटेनीका म्यानेजर पक्राउ

2021-06-07 05-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, जेठ २४ : नियम उल्लंघन गरेको आरोपमा भाटभटेनीका म्यानेजरलाई प्रहरीले पक्राउन गरेको छ । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको भन्दै प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ पर्नुभएको हो ।

भाटभटेनी दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।


सम्बन्धित खबर