Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

प्रदेश १ बजेट अधिवेशनः आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित, अर्को बैठक मंगलबार साढे १२ बजे

2021-06-07 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २४ जेठ : प्रदेश १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको पहिलो बैठकले आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बह्ुमतले पारित भएको छ ।

यस अघि १५ दिन अगावै प्री बजेट माथिको छलफल गर्नुपर्ने भएपनि कारोना माहमारीको कारण देखाउँदै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले जारी गरेको प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश बहुमतले पारित गरेको हो ।

त्यस्तै सो अध्यादेश प्रदेशसभा नियमावली अनुकुल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले प्रदेशसभा निमावली २०७४ को नियम १९७ को उपनियम १ बमोजिम प्रदेशसभा नियमावली २०७४ को नियम ११८ को उपनियमम ४ लाई निलम्बनको प्रस्ताव समेत बहुमातले पास गरेको छ ।

प्रदेशसभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा नियमावली २०७४ को नियम ८० बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबोहाङलाई प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश सदनमा प्रस्तुत गर्ने अनुमति दिएका थिए ।

सभामा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट जेठ १९ मा जारी भएको अध्यादेश मार्फत प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ को उपदफा १ र २ लाई संशोधन गर्न प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश २०७८ सभामा पेश गरेका थिए ।

त्यस्तै संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट जेठ १९ गते जारी भएको अध्यादेश मार्फत प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दाफा ९ को उपदफा १ र २ लाई संशोधन गरेकोमा प्रदेशसभा नियमावली २०७४ को ११८ को उपनियम ४ लाई उक्त अध्यादेश अनुकुल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले उक्त उपनियमलाई निलम्बनको प्रस्ताव पेश गर्न सत्ता पक्षका प्रदेशसभा सदस्य विमल कार्कीलाई सभामुख भण्डारीले प्रस्ताव पेश गर्ने समय दिएका थिए ।

सो प्रस्ताव पेश गर्दै प्रदेशसभा सदस्य कार्कीले कोभिड १९ ले विश्वभर महामारीको रुप लिएको र त्यसले प्रदेशसभाका गतिविधि र काम कारवाहीलाई पनि प्रभावित बनाएको बताए । उनले चालु बजेट अधिवेशन सञ्चालनका लागि माहामारीकाविरुद्ध सरकारले अध्यादेशनै ल्याउनुपरेकाले अधिवेशनका विविध कामकारवाही सञ्चालन गर्नका निम्ती अध्यादेशसँग नबाझिने गरि प्रदेशसभा नियमावलीका केही दफाहरुलाई पनि निलम्बन गर्नुपर्ने आवश्यकता परेको हुँदा प्रदेशसभा नियमावली २०७४ को नियम १९७ को उपनियम १ बमोजिम प्रदेशसभा नियमावली २०७४ को नियम ११८ को उपनियमम ४ लाई निलम्बन गरियोस भनि प्रस्ताव पेश गरे ।

प्रस्तुत दुवै प्रस्तावलाई सभामुख भण्डारीले प्रदेशसभा समक्ष निर्णयार्थ प्रस्तुत गरेका थिए । हुन्छ भन्ने पक्षका सांसदहरुको बहुमत रहेकाले उक्त प्रस्ताव बहुमतले पारित भएको सभामुख भण्डारीले घोषणा गर्दै अर्को बैठक मंगलबार साढे १२ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय