Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने मोदीको घोषणा

2021-06-07 06-06 | Hamro Biratnagar                  


A+ A A-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन्।

सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताए। उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको बताए।

'आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। संकटको यो घडीमा सरकार गरिबसँग छ। ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ,’ मोदीले भनेका छन्।

उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै निस्शुल्क कोरोनाभाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा गरे। अबदेखि राज्य सरकारहरूले खोपमा पैसा खर्च गर्नु नपर्ने पनि उनको भनाइ छ।

'अहिले देशमा नोजल भ्याक्सिका विषयमा अध्ययन जारी छ। यो सिरिन्जबाट नभएर नाकमा स्प्रे गरिन्छ। यो भ्याक्सिनमा सफलता मिल्यो भने भारतको भ्याक्सित अभियानमा थप तीव्रता पाउँछ,' देशका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने।

उनले भ्याक्सिन बनाउनु ठूलो सफलता भएको भन्दै यो पूरै मानवताका लागि धेरै ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए। बढी जोखिम भएका नागरिकलाई भ्याक्सिन अभियानमा प्राथमिकता दिइएको उनको भनाइ छ।

सरकारले सबैलाई निःशुल्क भ्याक्सिन लगाउनेसमेत उनले दोहोर्‍याएका थिए। सरकारले भ्याक्सिन बनेपछि अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै भारतले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा खोप लगाउन सुरु गरेको उल्लेख गरेका थिए। उनले भारतमा २३ करोड नागरिकलाई भ्याक्सिन लगाइएको समेत उल्लेख गरे।

भारतले दुई प्रकारका भ्याक्सिन विकास गरिएको छ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय