Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

४९ किलो अवैध गाँजासहित बाराबाट ३ जना पक्राउ

2021-06-07 06-06 | Hamro Biratnagar                  


A+ A A-

वीरगञ्ज : प्रहरीले ४९ किलो अवैध लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औैराह टोलका ३९ वर्षीय अमिरका पासवान,५६ वर्षीय रमेश चौधरी र सोही स्थानका ३७ वर्षीय राजकुमार ठाकुर छन्।

जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई बारा गढीमाई नगरपालिका–२ इर्नवा चोकस्थित बरियापुरबाट तेलकुवातर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो। पासवान मोटरसाइकल चालक, रमेश अटो चालक र राजकुमार ठाकुर अटोमा सवार हुन्।

उनीहरुले ना २ ह ६१०६ नम्बरको कालो रंगको अटो र नम्बर प्लेट नखुलेकको पल्सर मोटरससाइकलमा लागु औषध ओसारपसार गरिरहेका थिए।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई थप अध्ययन अनुससन्धान गरिरहहेको जानकारी दिएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय