Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मोरङका १७ वटै पालिकामा जेठ २५ र २६ गते कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने

2021-06-07 07-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङमा सरकारले निर्धारण गरेको मापदण्डअनुसारका व्यक्तिहरुलाई जिल्लाका सबै पालिकाबाट कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जेठ २५ र २६ गते खोप लगाइने भएको हो।

आइतबार कोभिड १९ खोप समन्व्य समितिका संयोजक कोशहरी निरौलाको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले ६२ वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, अग्रपंतीमा खटिदै आएका तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, चिकित्सा शिक्षा इन्टर्न, विद्यार्थी वा ओजेटी गरिरहेका नर्स तथा पारामेडिक्सहरुलाई कोरोनाविरुद्धको खोप लगाउने जनाएको छ ।

त्यस्तै हालसम्म कोरोनको खोप नलगाएका अक्सिजन प्लान्टमा काम गर्ने कामदारहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइने भएको हो । काठमाडौँ उपत्यकामा भेरो सिलको पहिलो मात्रा लगाई एक महिना पुगेकालाई दोस्रो मात्रा दिइने छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय